आईतवार, श्रावण १०,२०८३ 08:30:06
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:30:06
Bizshala
Global IME Bank Limited

१७ म्युचुअल फण्डले गरे लाभांश घोषणा, १३ वटाको बुक क्लोज हुन बाँकी

१७ म्युचुअल फण्डले गरे लाभांश घोषणा, १३ वटाको बुक क्लोज हुन बाँकी
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३६ वटा म्युचुअल फण्डमध्ये हालसम्म १४ वटा फण्डले मात्रै लाभांश घोषणा गरेका छन् । १४ वटा फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेका हुन् ।  

अझै १९ वटा फण्डको लाभांश घोषणा हुन बाँकी छ । नेपालमा दुई किसिमका म्युचुअल फण्ड सञ्चालनमा छन् । खुलामुखी योजना र बन्दमुखी योजना । नेप्सेमा बन्दमुखी योजना तथा फण्डहरु मात्रै सूचीकृत छन् ।

हालसम्म १४ वटा बन्दमुखी र ३ वटा खुलामुखी म्युचुअल फण्ड गरी १७ वटाले गत आवको मुनाफाबाट आ–आफ्ना इकाईधनीलाई लाभांश प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा फण्डको बुकक्लोज समेत भइसकेको छ ।  

सनराइज फोकस्ड इक्विटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी उन्नती कोषको बुकक्लोज भइसकेको छ । नेप्सेमा सूचीकृत बाँकी १० वटा फण्डको इकाई खरिद गर्दा अझै लाभांश पाउन सकिनेछ ।  

बुकक्लोज हुन बाँकी रहेका १० मध्ये कुमारी इक्विटी फण्ड, कुमारी धनबृद्धि योजना र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले बुकक्लोजको मिति तय गरिसकेका छन् भने अन्य फण्डले बुकक्लोजको मिति तोक्न बाँकी नै छ ।  

कुमारी क्यापिटलका दुई योजनाले भदौ १९ गते र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भदौ २३ गते बुकक्लोजको मिति तोकेका छ । यसर्थ कुमारी क्यापिटलका दुई योजनाको इकाई भोलिसम्म खरिद गर्दा लाभांश पाउन सकिनेछ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाई भदौ २० गतेसम्म खरिद गर्दा लाभांश पाउन सकिनेछ ।  

कुनको कति लाभांश ?  

हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा सानिमा इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई सर्वाधिक लाभांश घोषणा गरेको छ । फण्डले गत आवको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोजको मिति तोक्न बाँकी छ । यसर्थ दोस्रो बजारबाट उक्त फण्डको इकाई खरिद गर्दा लाभांश पाउन सकिनेछ ।  

त्यस्तै, दोस्रोमा एनआइसी एशिया सेलेक्ट ३० ले आफ्ना इकाईधनीहरुलाइ १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने तेस्रोमा सनराइज फर्स्ट म्युचुअल फण्डले पनि आफ्ना इकाईधनीलाई १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

त्यस्तै, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्डले १०–१० प्रतिशत, कुमारी इक्विटी फण्ड, कुमारी धनबृद्धि योजना र एनआइसी एशिया ग्रोथ फण्डले ९.५ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डले ९.२५ प्रतिशत, लक्ष्मी उन्नती कोषले ७.५० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ले ७ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले ४.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।  

खुलामुखी योजनातर्फ  

एनआईसी एसिया डायनामिक डेब्ट फण्ड, कुमारी सुनौलो योजना र शुभलक्ष्मी कोष लाभांश घोषणा

 भएका खुलामुखी योजना हुन् । खुलामुखी योजनाहरु नेप्सेमा सूचीकृत हुँदैनन् । यस्ता योजनाको इकाईहरु तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखाबाट मात्रै कारोबार गर्न मिल्छ ।  

साथै खुलामुखी योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट हितग्राही खातामा जम्मा गर्दै लगिन्छ ।

खुलामुखीतर्फका म्युचुअल फण्डहरुमा एनआइसी एशिया डायनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी सुनौलो योजनाले १०.५ प्रतिशत र शुभ लक्ष्मी कोषले ७.५ प्रतिशतल लाभांश घोषणा गरेका छन् ।

यी फण्डहरुले पनि लाभांश प्रयोजनार्थ बुकक्लोजको मिति तोक्न बाँकी छ । इच्छुक लगानीकर्ताहरुले तोकिएको बैंक तथा वित्तीय संस्था वा एसआइपीमाध्यमबाट उक्त योजना खरिद गरी लाभांश पाउन सक्नेछन् ।

 

 

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.