काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ र नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् ।
बीमा समूहका दुईवटै उपसचूक घटेको छ । जीवन बीमा समूह २.३५ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.६९ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ५.२३ प्रतिशतले घटेर १७ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ३.७८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.६४ प्रतिशत, नेपाल लाइफको ३.३५ प्रतिशत, आइएमई लाइफको २.८७ प्रतिशत, हिमालयन लाइफको २.८३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.७७ प्रतिशत, सन नेपाल लाइफको २.६२ प्रतिशत, सुर्यज्योति लाइफको २.६२ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५४ प्रतिशत, सगरमाथा लुम्बिनीको २.४९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.४७ प्रतिशत र नेशनल लाइफको २.३६ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै, शिखर इन्स्योरेन्सको २.२० प्रतिशत, हिमालयन रि को २.१४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.०५ प्रतिशत, युनाइटेड अजोडको १.७३ प्रतिशत, हिमालयन एभरेष्टको १.७२ प्रतिशत, एशियन लाइफको १.६१ प्रतिशत, सानिमा जिआइसीको १.४९ प्रतिशत, एलआइसी नेपालको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४३ प्रतिशत, नेको इन्स्योरेन्सको १.३२ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६९ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.५२ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को १२ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको १० करोड १ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ७ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                