शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरबाट नै बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक अर्थात ३२ करोड २२ लाखको खरिद भएको छ भने ३१ करोड २९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ४९ लाखको खरिद र १९ करोड १७ लाखको बिक्री भएको छ ।

