७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ ।...

