• बुधबार, आश्विन ८,२०८२ 03:07:38
दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’
Capital Market

दीपेन्द्र अग्रवालको ३३ करोड बढी नदिने ब्रोकरविरुद्ध पनि पक्राउ पुर्जी, ‘उल्टो खेल खेलियो !’

काठमाण्डौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको ३३ करोड बढी पैसा नदिने ब्रोकर कम्पनीका सञ्चालक तथा उच्चपदस्थ कर्मचारीविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।  ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज प्रालिका अध्यक्ष, रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको हो...

दोल्ती पावरले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा
Capital Market

दोल्ती पावरले हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्उताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान साढे ८ बजेदेखि सञ्चालन हुनेछ ।  

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
Capital Market

भूगोल इनर्जीले शतप्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रदको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २२ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचनमा बिहान ९ बजेदेखि सुचारु हुनेछ ।  

हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने
Capital Market

हस्पिटल फर एडभान्स्ड मेडिसिनले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही साउन २८ गते साधारण सभा डाकेको हो ।  

नबिल बैंकले निष्कासन गर्यो ३ अर्ब रुपैयाँको ऋणपत्र, कति पाइन्छ ब्याज ?
Capital Market

नबिल बैंकले निष्कासन गर्यो ३ अर्ब रुपैयाँको ऋणपत्र, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको  ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६०...

बन्दिपुर केवलकारको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

बन्दिपुर केवलकारको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका ५८ लाख ६० हजार...

सिद्धार्थ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह
Capital Market

सिद्धार्थ क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

सिन्धु विकास बैंकको खुद नाफा २८७% ले बढ्यो, वितरणयोग्य मुनाफा भने २०.७५ करोडले ऋणात्मक
Capital Market

सिन्धु विकास बैंकको खुद नाफा २८७% ले बढ्यो, वितरणयोग्य मुनाफा भने २०.७५ करोडले ऋणात्मक

काठमाण्डौ । सिन्धु विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले ११ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८७.५९ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३ करोड ४ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी भने ३०.१४ प्रतिशतले घटेर...

बजार बढ्दा कारोबार घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Capital Market

बजार बढ्दा कारोबार घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको बजार अन्त्यमा करिव २२ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार भने अघिल्लो दिनको तुलनामा करिब ५ अर्बले घटेको छ ।  प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिडेको छ । हालसम्म बजारले अपर ब्याण्ड छाडिसकेको भने छैन । क्याण्डल स्टिकबाट नियाल्दा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।  

आईपीओअघि संस्थापक सेयर प्रिमियम मूल्यमा भिडाउने धन्दा मौलाउँदै, केही मर्चेन्ट बैंकहरुको समेत संलग्नता
Capital Market

आईपीओअघि संस्थापक सेयर प्रिमियम मूल्यमा भिडाउने धन्दा मौलाउँदै, केही मर्चेन्ट बैंकहरुको समेत संलग्नता

 काठमाण्डौ । पछिल्लो समय प्रि–आइपीओको नाममा लगानीकर्ताहरुबाट पैसा उठाउने धन्दा मौलाउन थालेको छ । धितोपत्र दोस्रो बजारमा आउनु अगावै विभिन्न कम्पनीहरुको संस्थापक सेयर बिक्री गराउने खेती भित्रभित्रै निकै मौलाइरहेको छ ।  विशेषतः बैंकहरुले आइपीओको प्रस्ताव ल्याउने कम्पनीहरुलाई थप ऋण दिन थालेपछि बजारमा ‘प्रि–आइपीओ’को नाममा पैसा उठाउने धन्दा मौलाउँदै गएको हो ।  अझै...

फर्स्ट माइक्रो फाइनान्सको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

फर्स्ट माइक्रो फाइनान्सको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । नेपालका ४ वटा थोक लघुवित्त संस्थामध्ये फस्र्ट माइक्रोफाइनान्स पनि एउटा हो । यो संस्था विसं २०६६ साल पुस २४ गते काठमाण्डौलाई आधार बनाएर स्थापना भएको थियो । यो संस्थाले न्यून आम्दानी भएका विभिन्न वर्गलाई अवसर र स्रोत प्रदान गर्ने गर्छ ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ करोड ३४ लाख रहेको छ भने जगेडा कोषमा...

नेप्सेमा ६.१० लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ६.१० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर अर्थात ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ।  

दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट
Capital Market

दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट

काठमाण्डौ । सेयरबजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल आज प्रक्राउ परेसँगै उनका स्क्रिप्टहरु ह्वात्तै घट्न पुगेको छ । अग्रवालले चलाउँदै आएका भनिएका स्क्रिप्टहरुमा आज भारी गिरावट आएको छ ।  विशेषगरी लो क्यापमा गनिने केही विकास बैंकहरुमा अग्रवालको ठूलो लगानी रहेको छ । उनले सामाजिक सञ्जालहरुमा समेत खुलेआम ती स्टकहरुको प्रचारप्रसार गर्दै आइरहेका छन् ।  

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, ६१ अर्बले थपियो लगानीकर्ताको सम्पत्ति
Capital Market

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, ६१ अर्बले थपियो लगानीकर्ताको सम्पत्ति

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक बढेसँगै बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो ।  आज धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको हालसम्मकै उच्च बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।  

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२८ प्रतिशत र निर्जीवन बीमा समूह १.४० प्रतिशतले...

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’
Capital Market

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता...

दिपेन्द्र अग्रवाल पक्राउ
Capital Market

दिपेन्द्र अग्रवाल पक्राउ

काठमाण्डौ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।  

धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन
Capital Market

धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् ।  भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२...

सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार  कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.