आजपनि ओरालो लाग्यो सेयरबजार, राजनीतिक स्थिरता नआएसम्म बजारले फड्को नमार्ने जानकारको तर्क
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.५३ प्रतिशत अर्थात १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४४६.०१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३...

