कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको निर्देशन पुनरावलोकनका लागि सेबोनले अर्थलाई पत्र लेख्ने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठकले कर्मचारी कल्याणकोष र सुरक्षणकोष कानूनसम्मत रहेको तर्क गर्दै पूर्व निर्देशनमा पुनर्विचार गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । सेबोनको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले यसअघि गठित कार्यदलको प्रतिवेदनको आधारमा रही वर्षौदेखि त्यहाँ अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र...

