नेपाल वेयरहाउजिङ १.१४ करोड घाटामा
काठमाण्डौ । नेपाल वेयरहाउजिङ लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड १४ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड २४ लाख घाटामा थियो । कम्पनीको आम्दानी १७५.४३ प्रतिशतले बढेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको आम्दानी ९३ लाख १६ हजार मात्रै थियो ।

