सीएनआई सर्वेक्षणः उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन
काठमाण्डौ । आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर)को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो ।

