सिटिजन्स बैंकद्वारा विद्यालय र वृद्धाश्रमलाई सहयोग प्रदान
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवा श्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवा श्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको जनाएको छ ।