जेनजी आन्दोलनको क्षतिका लागि करिब २१ अर्बको प्रारम्भिक बीमा दाबी, सबैभन्दा बढी ओरिएन्टल, सिद्धार्थ र शिखरमा
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिका कारण विभिन्न बीमा कम्पनीहरुमा २१ अर्ब हाराहारीको बीमा दाबी परेको छ। भदौ ३१ गतेसम्म विभिन्न कम्पनीमा परेको दाबीलाई आधार मानेर प्राधिकरणले प्रारम्भिक दाबी विवरण भन्दै २० अर्ब ७० करोड ३८ लाख बराबरको दाबी परेको जनाएको हो ।

