नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेलको पदावधि समाप्त
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको पदावधि समाप्त भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको पदावधि समाप्त भएको छ ।
काठमाण्डौ । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो । वैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बेठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।यस अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम,काठमाण्डोमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
काठमाण्डौ। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवघिसम्ममा १० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ८९.०९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ९३ लाख २२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । गत...
काठमाण्डौ । पछिल्लो समय सेयरबजारले गति लिन सकिरहेको छैन । नेप्से परिसूचक २६ सयकै आसपासमा रुमलिएको छ । बजार ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको सेयरभाउ फेरी विस्तारै ५२ हप्ताकै लो लेभलमा पुग्न लागेको छ । नेप्सेको फ्लोरसिटअनुसार अधिकांश बीमा कम्पनीको सेयरभाउ ५२ हप्ताकै लो प्राइस आसपास पुगेको छ । बीमा कम्पनीहरुको सेयरमूल्य बोनस सेयर र हकप्रद सेयरका कारण समायोजन भएकाले पनि...
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले आगामी जेठ १६ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ । कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३६...
काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ८०.०८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । कम्पनीले ५ करोड ४६ लाख...
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म साढे एक अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार तीन जीवन लघुबीमक र चार निर्जीवन लघुबीमक गरी कुल ७ लघुबीमा कम्पनीले १ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ५५८.६२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमकले गत आवको तुलनामा १४.६२ प्रतिशतले व्यवसाय बढाएका छन् । प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा जीवन बीमकहरुले १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ मात्रै...
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब भन्दा बढी प्रिमिमय संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीनव बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ७.११ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले २९ अर्ब ९९ करोड ७६...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो...
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा बीमा क्षेत्रका केही बुँदाहरु समेटिएका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले स्वास्थ्य बीमा, कृषि बीमा, बीमा प्रणाली र बीमा सेवालाई सर्वसुलभ बनाउने जस्ता नीतिहरु समेटेको छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा सेवामा आबद्ध गराउने र स्वास्थ्य बीमा...
काठमाण्डौ । स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिने आगामी आवमा सरकारले नीति बनाएको छ । साथै सरकारले गम्भीर प्रकृतिको रोग उपचार गर्न बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने योजना बनाएको छ ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने नीति लिएको छ । आगामी आवमा मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने सरकारले नीति बनाएको हो ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमाको दायरा विस्तार गर्ने नीति बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बतााएका हुन् ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउने नीति बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमा सेवालाई थप भरपर्दो बनाउने बताएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.