सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दीगो बनाउने
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । साथै स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने समेत पौडेलले बताए।

