बीमकको लगानीमा प्राधिकरण बन्यो लचक, सेयरबजारमा गर्ने लगानीको सीमा बढ्यो
काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा गर्ने लगानीको सीमा वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका, २०८२ जारी गर्दै बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा गर्ने लगानीको सीमा बढाएको हो । प्राधिकरणको निर्देशिका बमोजिम नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनी वा अन्य सूचीकृत...

