२०.५६ अंकले घट्यो सेयरबजार, विश्लेषक भन्छन्, ‘अहिलेको घटाई सेकेण्ड वेभको करेक्सन हो’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात २०.५६ अंकले घटेर २ हजार ५४४.५९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.७४ प्रतिशतले घटेर ४४१.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर ३...

