आम्दानी बढेसँगै सोल्टी होटलद्वारा ५५ करोड बढी नाफा आर्जन
काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम १२.८६ प्रतिशतले बढी हो ।अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा...

