आजसम्म कायम सेयरधनीहरुले मात्रै सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । संस्थाले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(साउन २४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । संस्थाले आर्थिक वर्ष...

