यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।