जेनजीको आन्दोलनले हल्लियो सरकार, फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्धको निर्णय फिर्ता हुने सम्भावना
TRENDING
काठमाण्डौ । राजधानी काठमाण्डौमा जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनको अन्तर्राष्ट्रिय मिडियामा चर्चा भएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियाले आज भएको उक्त प्रदर्शनलाई प्राथमिकता दिदै समाचार सम्प्रेषण गरेका छन् । समाचार एजेन्सी एपीले सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गरेसँगै हजारौं युवाले संसद भवन घेरेर आन्दोलन गरेको लेखेको छ ।
काठमाण्डौ । जेनजीको प्रदर्शनले देशैभर उग्र रुप लिएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोध तथा बढ्दो भ्रष्टाचारको समेत विरोधमा जेनजी पुस्ताले सोमबारदेखि आन्दोलनको थालनी गरेको हो ।
काठमाण्डौ । नयाँ बानेश्वरस्थित संसद् भवन वरिपरि जेन-जी समूहको आन्दोलन चर्किँदै गएपछि सोमबारका लागि तय गरिएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।
काठमाण्डौ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै सेनाको समेत तैनाथी गरिएको छ। संसद् घेराउ गर्न पुगेका जेन जी प्रदर्शनकारीले ढुंगामुढा गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तत्काल कर्फ्यु आदेश लागू गरेको हो।
काठमाण्डौ । सोमबार काठमाण्डौको बानेश्वर क्षेत्रमा भएको जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।
काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारद्वारा लगाइएको प्रतिबन्धको विरोधमा युवा पुस्ताले सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आक्रोशपूर्ण प्रदर्शनलाई जारी राखेका छन् । जेन जेड पुस्ताद्वारा अगुवाइ गरिएको यो आन्दोलनमा कलेजका विद्यार्थीहरू, किशोर–किशोरीहरू कलेज ड्रेस र झोलासहित सहभागि देखिए। उनीहरू हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका थिए।...
काठमाण्डौ । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा रबरको गोली लाग्दा दुई फोटो पत्रकार घाइते भएका छन्। घाइते हुनेमा नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका उमेश कार्की रहेका छन्।
काठमाण्डौ । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो ।
काठमाण्डौ । संघीय राजधानी काठमाण्डौमो जेनजी पुस्ताले गरेको प्रदर्शनमा गोली चलेको छ । हाम्रा संवाददाताहरुले जनाएअनुसार प्रहरीले हवाई फायरिंग सुरु गरेको छ । सो क्रममा कम्तीमा ५ जना प्रदर्शनकारी घाइते भएका बताइएको छ ।
काठमाण्डौ । भ्रष्टाचार र भ्रष्ट नेताविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् । केही प्रदर्शनकारीले पर्खाल भत्काएका र केही पर्खाल नाघेर संसद भवनतर्फ प्रवेश गर्दै प्रदर्शन गरिरहेका छन् ।
काठमाण्डौ । भ्रष्टचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीलाई रोक्न सरकारले काठमाण्डौको टियर ग्याँस र पानीको फोहोरा हान्न सुरु गरेको छ । बानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढेका जेनजीलाई रोक्न प्रहरीले भर्खरैदेखि टियर ग्याँस र पानीको फोहोरा प्रहार गर्न सुरु गरेको हो ।
काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली,२०८२ को नियम २० बमोजिम कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । लण्डनको ऐतिहासिक सुन बजारमा अब डिजिटल क्रान्ति आउन लागेको छ। विश्व सुन परिषद् (World Gold Council – WGC) ले हालै ‘Pooled Gold Interests’ (PGIs) नामक नयाँ डिजिटल सुन प्रणाली घोषणा गरेको छ, जसले ९०० अर्ब डलरभन्दा बढीको विश्वकै ठूलो सुन बजारलाई हल्लाउने आँकलन गरिएको छ।
काठमाण्डौ । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सबै १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, रजिष्ट्रार मानबहादुर कार्कीले ती निवेदनहरू दरपीठ गर्ने आदेश गरेका हुन्।
काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार र नेतातहका परिवारको भोगबिलासी जीवनशैलीविरुद्ध जेन-जी पुस्ताले सोमबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका केही विद्यार्थीहरूले प्रदर्शनको अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न...
काठमाण्डौ। संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बसेको समितिको बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रामहरी खतिवडालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।
काठमाण्डौ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दिएका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णयलाई खारेज गर्दै पूर्ववत् अवस्थामा...
काठमाण्डौ । सरकारले औपचारिक रुपमा बिहीबारदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्दको निर्णय गर्यो। निर्णयलगत्तै इन्टरनेट प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणले पत्र नै पठाएर सरकारको निर्णय शीघ्र कार्यान्वयन गर्न भनियो । उनीहरुले पनि बिहीबार साँझदेखि नै आफ्नो नेटवर्कमा फेसबुक चल्न नसक्ने बनाउने अभियान सुरु गरे । वल्र्डलिंक, एनटिसी, एनसेल लगायतका इन्टरनेट प्रदायक तथा...
काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेका छन् ।सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो, जुन हालसम्मकै सबैभन्दा बढी हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.