सोमबारको हिंसात्मक जेनजी प्रदर्शनमा छानबिन समिति गठन, १५ दिनभित्र प्रतिवेदन
काठमाण्डौ । जेनजी समूहले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
TRENDING
काठमाण्डौ । जेनजी समूहले सोमबार गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले “जेनजी आन्दोलन चर्किँदै गएको बेला नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउनु लोकतान्त्रिक मूल्यविपरीत हुन्छ” भन्दै तत्काल प्रतिबन्ध हटाउन जोड दिएका थिए।
काठमाण्डौ । काठमाडौं उपत्यकाका निजी विद्यालयहरू भोलि एक दिनका लागि बन्द हुने भएका छन्।आज भएको जेनजी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै निजी विद्यालय सञ्चालकहरूले विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी मङ्गलबार विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। विद्यालयहरूले आधिकारिक सूचना मार्फत अभिभावकलाई जानकारी गराइसकेका छन्।
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको सरकारी स्रोतले जानकारी दिएको छ।
काठमाण्डौ । सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले आफू पदमा नरहने संकेत गरेका छन्।
काठमाण्डौ । सत्तारूढ नेपाली कांग्रेसले सरकारले बन्द गरेका सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार रोकिएका सामाजिक सञ्जाललाई पूर्ववत सञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको हो।
-मनिष सोती काठमाण्डौ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र चरम भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७–सन् २०१२ सम्म जन्मिएका पुस्ता)को आजको विरोध प्रदर्शनले उग्र रुप लिएको छ । सेप्टेम्बर ८ तारिख(भदौ २३)को मिति तोकेर जेन–जीले काठमाण्डौको माईतीघर मण्डला हुँदै बानेश्वर संसद भवनसम्म विरोध गर्ने निर्णय गरेसँगै म बिहान साढे ९ बजेतिर माइतीघर पुगेँ । त्यो बेलासम्म...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गर्दै ताजा जनादेशका लागि चुनाव घोषणा(अर्ली इलेक्सन) गर्न सरकारसमक्ष माग राखेको छ।
काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा देशभर २० जनाको मृत्यु भई ४०० बढी घाइते भएपछि सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका शीर्ष नेताहरु सम्मिलित बैठक केहीबेरअघिदेखि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको हो ।
इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ ।
काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ । अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो ।
काठमाण्डौ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिपज) आज काठमाण्डौ तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका...
काठमाण्डौ । जेन–जीको प्रदर्शन उग्र बन्दै गएपछि इटहरी,भैरहवा र बुटवलमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
काठमाण्डौ । बानेश्वर क्षेत्रमा कफ्र्यू लागेपछि केही प्रदर्शनकारीहरु सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा पुगेका छन् ।
काठमाण्डौ । जेनजीको प्रदर्शनका क्रममा सरकारले काठमाण्डौमा मात्र नभई देशभर बल प्रयोग गरेको पाइएको छ । काठमाण्डौको बानेश्वर क्षेत्रको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागी हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । डेढसय बढी घाइते छन् ।
काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १७ पुगेको छ ।
काठमाण्डौ । जेनजी पुस्ताको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या १३ पुगेको देखिएको हो । मिडियाहरुमा अपरान्ह ३ः४५ सम्म अस्पतालहरुबाट आएको अपडेटअनुसारको मृतकको संख्या १३ पुगेको हो, जुन अझै बढ्नसक्ने देखिएको छ ।
काठमाण्डौ । जेनजीको आन्दोलनले उग्र रुप लिएपछि पोखरामा समेत निषेधाज्ञा आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको हो ।
काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ। अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो ।
काठमाण्डौ । जेनजीले काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरी गोली चलाउँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अरु केहीको पनि मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.