जलेश्वर कारागार फोडेर ५७२ कैदीबन्दी भागे
महोत्तरी । जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदीबन्दी भागेका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, मंगलबार साँझ ७ बजे पाँच सयभन्दा बढी प्रदर्शनकारी र कारागारभित्र रहेका कैदीहरूले एकसाथ पर्खाल भत्काउँदा स्थिति नियन्त्रणबाहिर गएको हो।