बुधबार, आश्विन २९,२०८२ 02:46:20
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 02:46:20
डिल्लीबजारका कैदीबन्दीलाई सेनाले भाग्न दिएन, फर्किदै गर्दा प्रश्न–‘एउटै मुद्दाका रवि छुट्ने, हामीलाई किन जेल ?’
NEWS

डिल्लीबजारका कैदीबन्दीलाई सेनाले भाग्न दिएन, फर्किदै गर्दा प्रश्न–‘एउटै मुद्दाका रवि छुट्ने, हामीलाई किन जेल ?’

कठमाण्डौ । नेपाली सेनाले डिल्लीबजार कारागार आगो लगाएर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर फर्काएको छ ।  कारागार तोडफोड गर्दै आगजनी गरेपछि आ आफ्नो झोलासहित भागेका कैदीबन्दीलाई सेनाले समयमै नियन्त्रणमा लिएर पुनः कारागार नै फर्काएको हो । 

हालसम्म कहाँबाट कति भागे कैदीबन्दी ? बढ्यो सुरक्षा चुनौति
NEWS

हालसम्म कहाँबाट कति भागे कैदीबन्दी ? बढ्यो सुरक्षा चुनौति

काठमाण्डौ । देशभरका कारागारहरूबाट कैदीबन्दीहरू ठूलो संख्यामा फरार भएका छन्, जसले सुरक्षा चुनौतीलाई थप जटिल बनाएको छ। कारागार व्यवस्थापन विभागका अनुसार, देशभर करिब ३०,००० कैदीबन्दी थिए, तर हाल कति फरार भए भन्ने यकिन तथ्यांक उपलब्ध छैन। यो अभूतपूर्व घटनाले समाजमा असुरक्षा र दण्डहीनताको जोखिम बढाएको छ।

देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त
NEWS

देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त

काठमाण्डौ । जेनजी आन्दोलनकारीबाट घरमै निर्घात पिटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट आएको छ । 

पोखरामा आन्दोलनकारीले जलाएको मन्त्री र नाडा अध्यक्षको गाडी सोरुममा महिलाको शव
NEWS

पोखरामा आन्दोलनकारीले जलाएको मन्त्री र नाडा अध्यक्षको गाडी सोरुममा महिलाको शव

काठमाण्डौ । पोखरा नयाँबजारस्थित गण्डकी प्रदेश सरकारका मन्त्री विन्दूकुमार थापाको घरमा जलेको अवस्थामा महिलाको शव भेटिएको छ । 

डिल्लीबजारमा सेनाद्वारा हवाई फायर, कैदीबन्दीको लफडाले अवस्था तनावग्रस्त
NEWS

डिल्लीबजारमा सेनाद्वारा हवाई फायर, कैदीबन्दीको लफडाले अवस्था तनावग्रस्त

काठमाण्डौ । डिल्लीबजारको चारखालमा रहेको कारागार क्षेत्र तनावग्रस्त बनेको छ ।  त्यहाँका कैदीबन्दीले आफूहरुलाई पनि छाड्नुपर्ने माग गर्दै कारागारभित्रै नाराबाजीसहित आगजनी गरेका थिए । उनीहरु तोडफोडमा समेत उत्रिएर अवस्था तनावपूर्ण बनाएपछि नेपाली सेनाको सहयोगमा उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको थियो । 

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन
NEWS

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल जेनजी आन्दोलनका क्रममा आक्रमणमा नपरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।  प्रेस सल्लाहकार भूवन केसीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रम रहेको प्रष्ट पारेका हुन् । 

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो
NEWS

कैदीबन्दीले लगाए डिल्लीबजार कारागारमा आगो

काठमाण्डौ । काठमाण्डौको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।

सेनाले देशभर लगायो निषेधाज्ञा र कर्फ्यू
NEWS

सेनाले देशभर लगायो निषेधाज्ञा र कर्फ्यू

काठमाण्डौ । नेपाली सेनाले देशभर निषेधाज्ञा लागू गरेको छ। राष्ट्रको शान्ति र सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको सेनाले स्पष्ट पारेको छ।आज साँझ ५ बजेसम्म कर्फ्यू लागू रहनेछ। सेनाको सूचनाअनुसार, साँझ ५ बजेपछि पनि कर्फ्यू कायम रहनेछ र भोलि बिहान ६ बजेसम्म यो आदेश जारी रहनेछ।

शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
NEWS

शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ ।  शिवश्री हाइड्रोपावरको हकप्रद सेयरको बिक्री आवेदन गत भदौ १९ गतेदेखि खुला रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन...

डडेलधुरा कारागारबाट पनि भागे ८७ जना कैदी
NEWS

डडेलधुरा कारागारबाट पनि भागे ८७ जना कैदी

काठमाण्डौ । डडेलधुरा कारागारबाट ८७ जना कैदी भागेका छन् ।  कारागारमा आगजनी र तोडफोड गरेर मंगलबार बिहान ८७ जना कैदी भागेका हुन् । 

डोटीमा बाल सुधार गृहबाट ५२ जना फरार
NEWS

डोटीमा बाल सुधार गृहबाट ५२ जना फरार

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको एकमात्रै बाल सुधार गृहबाट ५२ जना भागेका छन् । डोटी जिल्लाको सदरमुकामम सिलगढीमा रहेको बाल सुधार गृहबाट मंगलबार राती ५२ जना भागेका हुन् ।  

चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाए
NEWS

चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाए

काठमाण्डौ । चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाएका छन् । सुरक्षाकर्मीले जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दीलाई घर पठाएका हुन् । कैदीबन्दीले नाराबाजी गरेर बाहिर निस्किने प्रयास गरेपछि कारागारबाट कैदीबन्दीलाई घर पठाइएको सुरक्षाकर्मीले बताएका छन् ।  

आधुनिक हतियार र पकेट बम लिएर काठमाण्डौमा लुटपाट
NEWS

आधुनिक हतियार र पकेट बम लिएर काठमाण्डौमा लुटपाट

काठमाण्डौ । जेनजी आन्दोलनको मौका छोपि काठमाण्डौका विभिन्न स्थानमा हतियारधारी समूह लुटपाटमा संलग्न रहेको पाइएको छ । उनीहरुले हतियार, गोली, पकेट बम, पेस्तोल लिएर लुटपाट तथा प्रदर्शन गरेको पाइएको हो ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान नहुने
NEWS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान नहुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एक सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म विमानस्थल बन्द रहने हुँदा उडानहरु प्रभावित हुने जनाएको हो ।  

लुटपाट मच्चाउने २१ जना सेनाको नियन्त्रणमा
NEWS

लुटपाट मच्चाउने २१ जना सेनाको नियन्त्रणमा

काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्चाउने २१ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको हो ।भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।  

विना काम घर बाहिर ननिस्कन सेनाको आग्रह
NEWS

विना काम घर बाहिर ननिस्कन सेनाको आग्रह

काठमाण्डौ । नेपाली सेनाले सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । सेनाले आज बिहानैदेखि सडकमा जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि माइकिङ गर्दै आग्रह गरिरहेको हो ।  नेपाली सेनाले काठमाण्डौका सडकहरूमा बिहानैदेखि गस्ती गरिरहेको छ । जेनजी आन्दोलनको फाइदा उठाउँदै अन्य केही समूह लुटपाट तथा अराजकतामा उत्रिएसँगै सेनाले सम्पूर्ण सुरक्षा आफ्नो...

अपडेट: राति १० बजेदेखि सेना परिचालन, लुटपाट मच्चाउनेलाई कडा कारबाही
NEWS

अपडेट: राति १० बजेदेखि सेना परिचालन, लुटपाट मच्चाउनेलाई कडा कारबाही

काठमाण्डौ । मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको छ ।  जेनजी आन्दोलनका नाममा काठमाण्डौ लगायतका ठाउँहरुमा लुटपाटका घटना बढेपछि नागरिकको सुरक्षाका लागि नेपाली सेना औपचारिक रुपमै परिचालन भएको हो । राति १० बजेदेखि नै देशको सुरक्षा कमाण्ड नेपाली सेनाले सम्हालेको हो । 

पशुपतिनाथ मन्दिरमा अराजक समूह प्रवेश गर्न खोजेपछि सेना परिचालन, 'लुटपाटको उद्देश्य'ले ढोका फोड्ने प्रयास
NEWS

पशुपतिनाथ मन्दिरमा अराजक समूह प्रवेश गर्न खोजेपछि सेना परिचालन, 'लुटपाटको उद्देश्य'ले ढोका फोड्ने प्रयास

काठमाण्डौ । पशुपतिनाथ मन्दिर क्षेत्रमा केही अराजक समूहले ढोकामा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रण गर्न नेपाली सेनाको टोली परिचालित भएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले घटनास्थलमा सेनाको टोली पुगिसकेको पुष्टि गरेका छन्।

नेपाली सेनाका प्रधानसेनापतिद्वारा आन्दोलनकारीहरूलाई वार्ताका लागि आह्वान
NEWS

नेपाली सेनाका प्रधानसेनापतिद्वारा आन्दोलनकारीहरूलाई वार्ताका लागि आह्वान

काठमाण्डौ । मंगलबार साँझ एक भिडियो सम्बोधनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले हालको आन्दोलनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न वार्ताको बाटो अपनाउन सबै पक्षलाई आग्रह गरेका छन्। उनले राष्ट्रको सर्वोच्च हितको संरक्षण र वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए।

ओलीको पुख्र्यौली घर पनि बाँकी रहेन, आगो लगाएर ध्वस्त पारियो
NEWS

ओलीको पुख्र्यौली घर पनि बाँकी रहेन, आगो लगाएर ध्वस्त पारियो

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर रहेको तेह्रथुममा आन्दोलनकारीले आगजनी गरेका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.