बिहीबार, असार २५,२०८३ 05:31:06
Bizshala
  • बिहीबार, असार २५,२०८३ 05:31:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रौतहटमा प्रधानमन्त्री बालेन विरुद्ध प्रदर्शन गर्दै पुतला दहन

Laxmi Sunrise Bank Limited
रौतहटमा प्रधानमन्त्री बालेन विरुद्ध प्रदर्शन गर्दै पुतला दहन

काठमाण्डौ  । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।

मौलापुर नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको र त्यसका कारण बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। उनीहरूले नगरपालिकाको नियमित सेवा, भुक्तानी र विकास निर्माण प्रभावित भएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।

New Office
CG Motors
Garima Development Bank

प्रदर्शनकारीहरूले ‘बिजुली–पानीको भुक्तानी गर’, ‘सम्मानित अदालतको आदेश पालना गर’, ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’, ‘मौलापुरमा हाकिम पठाऊ’ र ‘मौलापुरको बजेट फ्रिज गर्न पाइँदैन’ लगायतका नारा लगाएका थिए।

विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइनु गलत भएको उनीहरूको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। तर, त्यसपछि अर्को अधिकृत नपठाइँदा नगरपालिकाको कामकाज प्रभावित भएको आन्दोलनरत पक्षको आरोप छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.