कक्षा १२ को नतिजा सार्वजनिक, ५२% विद्यार्थी उत्तीर्ण
काठमाण्डौ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । जुन कुल विद्यार्थी संख्याको ५२.९१ प्रतिशत हुन आउँछ । कक्षा १२ को परीक्षामा कुल ३ लाख ८५ हजार ६३२ सहभागी भएका थिए ।