आज ललितपुरका यी स्थानमा बिजुली काटिने
काठमाण्डौ । आज ललितपुरका विभिन्न क्षेत्रमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।पाटनको १३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।

