सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध, सवारी आवगमनमा समस्या
काठमाण्डौ । मौवाखोला–मुग्लीन सडक खण्डमा पर्ने चितवनको ईच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा पहिरो खसेको छ । सडक माथिबाट खसेको सुख्खा पहिरोका पृथ्वी राजमार्ग बन्द भएको छ । सडक अवरुद्ध हुँदा राजधानी आवतजावत गर्ने सवारीका साधनहरू बाटोमा नै रोकिएका छन् ।अहिले पहिरो पन्छाउने कार्य भईरहेको छ ।