जेनजी प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ताको टेबलमा बस्न राष्ट्रपति पौडेलको सुझाव
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न संकटलाई संवाद र सहमतिबाट समाधान गर्न सबैलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्।
TRENDING
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न संकटलाई संवाद र सहमतिबाट समाधान गर्न सबैलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्।
काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।
काठमाण्डौ । नक्सालस्थित भाटभटेनी सुपर स्टोर मंगलबार साँझ आन्दोलनकारीहरूको निशानामा पर्यो। प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि स्टोरमा आगजनीसमेत गरेका छन्।
काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भेला भएका छन् । प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर विमानस्थलभित्र प्रवेश गर्न खोजिरहेका छन् । ठूलो संख्यामा तैनाथ नेपाली सेनाले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।
काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको दमक भ्यू टावरमा आगजनी गरेका छन् । भदौ २३ गतेबाट प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले आज दमक भ्यु टावरमा पनि आगजनी गरेका हुन् ।
काठमाण्डौ । राजधानी भएको जेनजी प्रदर्शनकारीहरुले लगाएको आगोमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार घाइते भएकी छन् ।
काठमाण्डौ । कैलाली कारागारबाट सबै कैदीबन्दी फरार भएका छन् । जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि सबै कैदीबन्दी फरार भएका हुन् ।
काठमाण्डौ । आफूले आह्वान गर्दा पनि जेनजी आन्दोलनकारीको आक्रामक प्रदर्शन, तोडफोड र आगजनी नरोकिएपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले केहीबेरअघि फेरि अर्को आह्वान गरेका छन् ।
काठमाण्डौ । जेनजी आन्दोलन सुरु भएको २६ घण्टा नपुग्दै प्रदर्शनकारीहरूले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालतदेखि शीतल निवाससम्म कब्जा गरेका छन्। संसद भवन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको आगजनीले अब केवल सडक आन्दोलन मात्र नभई राज्यको केन्द्रीय संरचना नै प्रत्यक्ष चुनौतीमा परेको देखाएको छ।
काठमाण्डौ । जेनजी मुभमेन्टले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील गरेको छ । ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं’ जेनजीले अपिल गरेको छ ।
काठमाण्डौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर जारी विरोध प्रदर्शनका बीच प्रदर्शनकारीहरूलाई सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न विशेष आह्वान गरेका छन्।
काठमाण्डौ । प्रदर्शनकारी जेनजीहरुले काठमाण्डौमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगो लगाइदिएका छन् ।
काठमाण्डौ । जेन जी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी सुरु गरेका छन् ।
काठमाण्डौ । मंगलबारको प्रदर्शनका क्रममा काठमाण्डौको कालीमाटी क्षेत्रमा प्रहरीले गोली हानी दुई युवालाई मारेको छ ।
काठमाण्डौ । प्रधानमन्त्रीबाट राजीनामा गरेलगत्तै केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । प्रदर्शनकारीहरुले बालुवाटारस्थित उनको सरकारी निवासमा प्रवेश गर्ने प्रयास जारी राखेकै बेला उनी नेपाली सेनाको सहयोगमा पदबाट राजीनामा गरी अज्ञात स्थलतर्फ गएका हुन् ।
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदर्शनकारीको आक्रमणमा परेका खुलेको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।
काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा सहभागी युवालाई संयमित हुन आह्वान गरेका छन्।मंगलबार मेयर शाहले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्, “यो नितान्त Gen Z को आन्दोलन हो। प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा अब आइसकेको छ। अब संयमित रहनुहोस्। देशको जनधनको क्षति भनेको हामी सबैको सम्पत्तिमा भएको क्षति हो।”
काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । आज अन्दोलनको दोस्रो दिनमा प्रदर्शनकारीहरुले सिंहदरबारस्थित सर्वोच्च अदालत आगजनी गरेका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब देश कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ । देशभर जारी जेनजी आन्दोलनको बीचमा नयाँ नेतृत्वको आवश्यकताबारे चर्चा बढ्दै गएको छ। आन्दोलनमा सहभागी युवा र नागरिकहरूले बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिनुपर्ने माग उठाएका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.