शुक्रबार, बैशाख १२,२०८२ 11:39:52
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 11:39:52
IME remit
Global IME Bank Limited

काठमाण्डौमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा

Hyundai Nepal
काठमाण्डौमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाण्डौ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ। गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो। सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।  

रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ। केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्ने कम्पनीको विश्वास छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू

–रणनीतिक कभरेजः यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।

–२४/७ उपलब्धताः स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।

–सहज इन्टरफेसस्पहिलो पटक प्रयोग गर्ने हरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली।

Advanced सुरक्षा तथा अनुगमन Real time ब्याट्री healthनिगरानी तथा अन्य सुरक्षा मापदण्डहरू ।

Scalability बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।

Power Backup स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित in-builtUPS प्रणालीउपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुलीअवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ।

Muktinath Bikas Bank Limited

–AI Powered  स्टेशनहरूस्स्वापस्टेसनहरू AI प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसलेब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको माग अनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।

सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री(स्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको छ। इनोभेसनको लागि विश्व प्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, scalableर sustainable mobility समाधानहरूको साथ शहरी यातायातलाई रूपान्तरण गरेको छ। ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको छ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.