सोमबार, श्रावण ११,२०८३ 11:04:18
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 11:04:18
Bizshala
Global IME Bank Limited

डल्फिन संरक्षणमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको पहलकदमी, ‘प्रोजेक्ट डल्फिन’को घोषणा

डल्फिन संरक्षणमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको पहलकदमी, ‘प्रोजेक्ट डल्फिन’को घोषणा
New Office

काठमाण्डौ । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल भएको कम्पनीले जनाएको छ।  

विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरिएको थियो । जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने कम्पनीको विश्वास छ ।  

गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन् । जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ । बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षणबीचको उल्लेखनिय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।  

इभेन्टका मुख्य आकर्षणहरु

सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन सम्पन्न भयो । मिडियाकर्मी अभय राज जोशी मोडरेटर रहेको सो प्यानल डिस्कसनमा प्यानलिस्टको रुपमा राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत तथा नेसनल जियोग्राफिक अनुसन्धानकर्ता र जुलोजिकल सोसाइटी अफ लन्डनको प्रोग्रामका फेलो अम्बिका प्रसाद खतिवडा, त्रिभुवन विश्वविद्यालयबाट मर्करी पोलुसन इन अक्वाटिक इकोसिस्टममा विशेषज्ञता प्राप्त गरिरहेका प्राध्यापक छत्रमान शर्मा, पीएचडी तथा जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक एवम् जनावर अधिकार तथा वातावरणीय न्याय अभियन्ता सृष्टि सिंह भण्डारी र फ्रेसवाटर, डब्लुडब्लुएफका प्रोग्राम एसोसिएट तथा अक्वाटिक इकोसिस्टम विशेषज्ञ आशीष कपाली सहभागी भएका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.