बिहीबार, श्रावण १४,२०८३ 11:50:11
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:50:11
Bizshala
Global IME Bank Limited

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता: उद्योग मन्त्री

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता: उद्योग मन्त्री
New Office

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले लगानीसम्बन्धी ऐन कानूनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।  

‘उद्योग व्यवसायको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ, हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयास थालेका छौँ ।’

द्धिपक्षीय व्यापार सहजीकरणमा महासङ्घको भूमिकाको सराहना गर्दै उनले गत जनवरीमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आयोजना गरेको जानकारी गराउँदै उनले महासंघ र भारतको सिआइआइको नेतृत्वमा गठन भएको नेपाल–भारत व्यापार मञ्चका सुझाव उक्त बैठकका लागि निकै महत्त्वपूर्ण रहेको बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.