काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईधनीहरुलाई रकम(प्रतिफल समेत)फिर्ता भुक्तानी आजदेखि सुरु भएको छ । सिटिजन्स बैंक कोष प्रवद्र्धक तथा सिटिजन क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रही सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ८ करोड २० लाख इकाईहरु रहेको यो ७ वर्षे अवधिको बन्दमुखी योजना हो ।
यो योजनाको निर्धारित समयावधि २०८१ फागुन १९ गते समाप्त(परिपक्व) भएको थियो । यो योजनाको खारेजीका लागि नेपाल धितोपत्र बोर्डले २०८१ फागुन २८ गते स्वीकृती प्रदान गरेको थियो । बोर्डबाट योजना खारेज गर्ने स्वीकृती प्राप्त भएपछि त्यस्तो स्वीकृती प्राप्त भएको ३ महिनाभित्र योजनाअन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुको इकाईको स्वामित्वको अनुपातमा रकम फिर्ता गर्नुपर्ने व्यवस्था रहेकाले यो योजनाको रकम फिर्ता गर्न लागिएको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ ।
यो योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य रु.११.३० मा प्रचलित कानून बमोजिम करकट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा रकम(प्रतिफल) समेत जम्मा हुन लागेको हो ।