Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् ।  

बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५ प्रतिशत र निर्जीवन बीमा इन्डेक्स १.७० प्रतिशतले घटेको छ ।  

बीमा समूह घट्दा सूचीकृत २६ वटै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सबैभन्दा गुमाउने अर्थात सेयरभाउ घट्नेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ५.२० प्रतिशतले घटेर १३६२.३० रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, सानिमा रिलायन्स लाइफको ३.७८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.४५ प्रतिशत, सिटिजन लाइफको ३.१२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.७८ प्रतिशत, सानिमा जिआइसीको २.७२ प्रतिशत, सन नेपाल लाइफको २.५२ प्रतिशत, हिमालयन एभरेष्टको २.३० प्रतिशत, नेशनल लाइफको २.२८ प्रतिशत, सुर्यज्योति लाइफको २.०९ प्रतिशत, शिखरको २.०४ प्रतिशत, युनाइटेड अजोडको १.९७ प्रतिशत, आइएमई लाइफको १.९४ प्रतिशत, नेकोको १.८८ प्रतिशत, हिमालयन लाइफको १.८७ प्रतिशत र सलिकोको १.८५ प्रतिशतले सेयरभाउ घटेको छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १.७९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.७८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.७४ प्रतिशत, आरबीसीएलको १.६८ प्रतिशत, नेपाल लाइफको १.६० प्रतिशत, नेपाल रि को १.५२ प्रतिशत, एशियन लाइफको १.३५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत र एनएलजीको ०.७४ प्रतिशतले घटेको छ ।  

आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परेका छन् । सर्वाधिक हिमालयन रि को ९ करोड ८४ लाख रुपैयाँ र हिमालयन लाइफको ९ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.