Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

लगानीकर्ताको हितका लागि ड्रग सेवन गर्छु, डिप्रेशनको समस्या वंशाणुगत: एलन मस्क

Hyundai Nepal
लगानीकर्ताको हितका लागि ड्रग सेवन गर्छु, डिप्रेशनको समस्या वंशाणुगत: एलन मस्क
Nabil Bank Limited

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले कम्पनीका लागनीकर्ताको हितका लागि ड्रग्स सेवन गर्ने गरेको बताएका छन् । मस्कले सीएनएनमा डन लेमनसँगको अन्तवार्तामा यस्तो बताएका हुन् ।  

मस्कले टेस्लाका लगानीकर्ताको हितका लागि ‘केटामाइन’ नामक ड्रग सेवन गर्ने गरेको बताएका छन् । उनले यो ड्रग चिकित्सकको सल्लाहमा सेवन गर्ने गरेको समेत बताएका छन् ।  

यो ड्रगले डिप्रेसन जस्तो नकारात्मक केमिकल अवस्थालाई व्यवस्थापन गर्न सजिलो भएको उनले उक्त अन्तवार्तामा बताएका छन् । ‘यदि लगानीकर्ताका लागि केहि गर्नु पर्छ भने त्यो गर्छु र म त्यो औषधि सेवन गरिरहने छु ।’ मस्कले भनेका छन् ।  

उनले प्रत्येक साता सानो परिमाणमा केटामाइन सेवन गर्ने गरेको स्वीकार गरेका छन् ।  

Shivam Cement
Sagarmatha Cement

मस्कले‘ द डन लेमन सो’सँगको साझेदारी अन्त्य गरेको घोषणा गरेपछि लेमनले युटुब र एक्समा उक्त अन्तवार्ताको अंश सेयर गरेका हुन् ।  

उक्त भिडियोमा मस्कले आफुले केटामाइनको ओभरडोज भने नलिने गरेको बताएका छन् । ‘यदि तपाइ धेरै मात्रामा केटामाइन प्रयोग गर्नु हुन्छ भने काम गर्न सक्नुहुन्न । मलाई धेरै काम गर्नुपर्ने हुन्छ र म दिनको १६ घण्टासम्म काम गर्छु ।’

उनले आफुमा डिप्रेसनको समस्या वंशाणुगत भएको र केटामाइनको सेवनले आफ्ना कम्पनीहरु र सरकारसँगको सम्झौतामा कुनै पनि प्रभाव नपार्ने बताएका छन् ।  

गत जनवरी महिनामा बालस्ट्रिट जर्नले मस्कले एलएसडी, कोकिन,साइक्लेडिक मसरुम जस्ता लागू औषध सेवन गर्ने गरेको र यसबाट उनका कम्पनीका कार्यकारी तथा सञ्चालक समितिका सदस्यहरु आजित भएको अनुसन्धानमुलक प्रतिवेदन सार्वजनिक गरेको थियो । -एजेन्सी

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.