सोमबार, मंसिर २२,२०८२ 03:40:24
Bizshala
  • सोमबार, मंसिर २२,२०८२ 03:40:24
Bizshala
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहससँगै हाइड्रोको चर्चा

Hyundai Nepal
ग्राउण्ड जिरोः लगानीकर्तामा राजनीतिक बहससँगै हाइड्रोको चर्चा
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले घट्टेकुलो, अनामनगर र बानेश्वर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।

गत साता घटेको बजार आज खुलेलगत्तै झिनो अंकले बढ्न पुगेको थियो । प्रायः बाक्लो उपस्थिति देखिने ब्रोकर हाउसहरु पनि आज सामान्य उपस्थिति देखिन्थ्यो । लगानीकर्ताहरुमा आज अरुबेला जस्तो उत्साहपन देखिदैनथ्यो । अस्थिर राजनीतिक अवस्थाले प्रतिकुल असर पारेको सेयरबजार चुनावको माहोल राम्रो नबन्दा लगानीकर्ताहरमा सेयर कारोबार गर्न आत्मविश्वास बढ्न नसकेको जस्तो देखिन्थ्यो ।

भिजन सेक्युरिटिजः रिलायन्स स्पिनिङ मिल्चको चर्चा

सर्वप्रथम हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौ । लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । नेप्से परिसूचक बढ्न सकिरहेको थिएन । प्रायजसो लगानीकर्ताहरु आ–आफ्नै मोबाइल चलाउन व्यस्त देखिन्थे ।

एक साइडमा बसेका दुईजना लगानीकर्ता भने सेयरबजारलाई प्रभाव पार्ने खालका ब्याड न्युजको कुरा गर्दै थिए । एकछिनपछि उक्त ब्रोकर हाउसमा रिलायन्स स्पिनिङ मिल्सको कुरा निस्कियो ।

त्यहामध्ये एकजना लगानीकर्ताले संस्थापक तर्फबाट रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भरिसकेको कुरा सुनाए । ‘रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भोलिदेखि खुल्दैछ तर यसको आइपीओ बुकबिल्डिङबाट भएकाले ५० कित्ता अनिवार्य र मूल्य पनि ८ सय रुपैयाँ भन्दा बढी तोकको छ’ उनले भने, ‘सर्वसाधारणलाई न्यूनतम ५० कित्ता अनिवार्य भएकाले ४० हजार रुपैयाँ भन्दा बढी चाहिन्छ, त्यहि पनि सेयर पाउने हो कि होइन त्यो पनि निश्चित छैन, धन्न मैले संस्थापकबाट भरिसके पहिले नै ।’

उनको कुरालाई आलोचनात्मक ढंगबाट अर्का लगानीकर्ताले भने खण्डन गरे । ‘यत्रो महँगोमा सेयर बेच्यो अनि सर्वसाधारण यस्तै कम्पनीमा फस्छन्’ उनले भने, ‘प्रतिकित्ता ८ सय रुपैयाँ भन्दा बढीमा सेयर बेच्नलाई कम्पनी पनि त्यहि अनुसारको राम्रो हुनुपर्छ नत्र अधिकांश फस्न सक्ने सम्भावना हुन्छ ।’

CG Motors
Garima Development Bank
IME remit

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजः ‘झण्डै बजार खुल्ने बित्तिकै सेयर बेचेछु’

दोस्रोमा हामी अनामनगरमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं.५७)मा पुग्यौं । उक्त ब्रोकरहाउसमा जम्मा तीनजना लगानीकर्ता मात्रै उपस्थित थिए ।

सबैजना आ–आफ्नै मोबाइल चलाउन व्यस्त देखिन्थे । त्यो बेलासम्म नेप्से परिसूचक सामान्य अंकले घटिसकेको थियो । एकछिनपछि एकजना महिला लगानीकर्ता आईन् र अर्की महिला लगानीकर्तालाई आज बजार के भइरहेको छ भनि सोधिन् ।

उनको प्रश्नको जवाफ फर्काउँदै अर्की महिला लगानीकर्ताले भनिन्, ‘के हुनु बजार खुलेको केही मिनेटसम्म सामान्य बढेको थियो फेरी ओरालो लाग्न सुरु भइहाल्यो नि ! धन्न बिहान बजार बढेको बेलामा सेयर बेच्न भ्याएछु नत्र घाटा लागिहाल्थो नि ।’

फेरी पछि आउने महिला लगानीकर्ताले भनिन्, ‘ए त्यसो भए त आजपनि बजार २० भन्दा बढी अंकले घट्छ जस्तो देखियो, अब हेरौं २ बजेपछि के हुन्छ मार्केटको अवस्था । बजार यसरी नै घट्न थाल्यो भने एकछिन त होल्ड नै गर्नुपर्ला ।’

एकछिनसम्म ती दुई महिला लगानीकर्ताहरु विभिन्न स्क्रिप्टका विषयमा कुरा गर्दै थिए ।

इम्पेरियल सेक्युरिटिजः राजनीतिक बहससँगै हाइड्रोको चर्चा

तेस्रोमा हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) पुग्यौं । उक्त ब्रोकर हाउसमा भने लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो । लगानीकर्ताहरु राजनीतिक विषयमा बहस गरिरहेका थिए ।

पछिल्लो समयको राजनीतिक अवस्थाका विषयमा र चुनावी माहोलको विषयमा लगानीकर्ताहरु एकआपसमा गफिदै थिए । त्यतिकैमा एकजना लगानीकर्ताले प्रश्नवाचक मुडमा भने, ‘केपी ओली त चुनावमा नउठ्ने कुरा छ त साँचो होला र साथीहरु ?

उनको प्रश्नलाई जवाफ दिदै अर्का लगानीकर्ताले भने, ‘खोई कुरा त्यहि नै आको छ, अब हेरौं के हुन्छ, यिनीहरुको राजनीतिक चलखेल पनि हुन सक्छ, तर केपी ओलीलाई त मुद्दा हाल्ने कुरा पनि छ भन्ने सुनको छु् ।’ उनको कुरालाई समर्थन गर्दै अर्काे लगानीकर्ताले भने, ‘हो केपी ओली चुनावमा नउठे पनि हुन्छ अब त उमेरले पनि दिदैन । आफैंले आफैंलाई बुझेर अब त नैतीकताले पनि दिदैन भनेर आराम गरेपनि हुन्छ ।’

एकछिनपछिको राजनीतिक बहस साम्य भइसकेपछि अर्का लगानीकर्ताको प्रवेश भयो । उनले स्क्रिन बोर्डतर्फ हेर्दै भने, ‘बजार त घटिसकेछ नि २६ सय भन्दा तल न नजाला भन्ने आशा हो । यो भन्दा तल गयो भने बजार त्यहि २४ सयको आसपास बस्न सक्छ ।’

केहीबेरपछि लगानीकर्ताहरुमा हाइड्रोपावरको चर्चा सुरु हुन थाल्यो । एकजना लगानीकर्ताले एशियन हाइड्रोपावरको सेयर बढेको कुरा सुनाए । अर्का लगानीकर्ताले भने ङादी ग्रुप पावरको सेयर बढ्न सक्ने आँकलन गर्दै थिए ।

‘जति गरेपनि ठूला अपरेटरले चलाउने भनेकै हाइड्रो कम्पनी नै रहेछ, पहिला साहज उर्जा, युनिभर्सल पावर र बुटवल पावर जस्ता कम्पनी चलाए अब अरु कम्पनीतर्फ सिफ्ट हुँदैछन्’ उनले भने, ‘ब्रोकर नं. ५८ ले ङादी ग्रुप पावरको सेयर टन्नै किनेर राखेको छ रे त्यहि मौका छोपेर मैले पनि ५ हजार कित्ता किनिसके अब यसो बढेको मेसो पारेर फाल्दिनुपर्छ ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नागरिक स्टक डिलरः ‘सागर डिष्टिलरीको ब्यालेन्स्ड सिट फेक’

अन्तिममा हामी बानेश्वरमा रहेको नागरिक स्टक डिलरमा गयौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो । उक्त डिलर कम्पनीमा लगानीकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

लगानीकर्ताहरु विभिन्न स्टकका विषयहरुमा कुरा गर्दै थिए । एकजना लगानीकर्ता भने नबिल बैंकको लाभांशमा असन्तुष्ट व्यक्त गर्दै थिए । ‘राम्रो बैंक भनेर के गर्नु लगानीकर्तालाई आफ्नो क्षमताअनुसारको प्रतिफल नदिएसि नबिल बैंक पनि राम्रो लाग्न छाड्यो अबदेखि’ उनले भने, ‘बरु यसो हाइड्रो कम्पनीहरु हेरेर लगानी गर्नुपर्ला अब ।’

एकछिनपछि अर्का लगानीकर्ताले भने सागर डिष्टिलरीको कुरा निकाले । ‘सागर डिष्टिलरीको सेयरभाउ पनि अब तल झर्न थाल्यो हुन त यो भन्दा माथि जानु पनि राम्रो थिएन यो कम्पनीलाई’ उनले भने, ‘कम्पनीको नाफा राम्रो छैन रे ब्यालेन्स्ड सिट पनि फेक भन्ने सुनेको छु, त्यहि भएरै होला आज ह्वात्तै घटेको छ, सेयरमूल्य पनि ।’

कुना साइडमा बसेका महिला लगानीकर्ता र पुरुष लगानीकर्ता भने ङादी ग्रुप पावरको सेयर किन्ने कुरा गरिरहेका थिए । महिला लगानीकर्तालाई पुरुष लगानीकर्ताले हाइड्रो सेक्टरमै लगानी गर्ने हो भने अहिलेको लागि ङादी ग्रुप पावरको सेयर उचित हुने सुझाव दिदै थिए ।

साथै अर्को कर्नरमा बसेका महिला लगानीकर्ताहरु पनि विभिन्न स्क्रिप्टका विषयमा कुरा गदैै थिए । एकजना ल्यापटप चलाइरहेकी महिला लगानीकर्ताले भने अब बजार बढ्नलाई कुनै पनि आधारहरु नभएको कुरा सनाउँदै थिइन् ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.