सोमबार, फाल्गुन ४,२०८२ 07:54:01
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 07:54:01
Bizshala
Global IME Bank Limited

एक वर्षमा पुनर्बीमा कम्पनीको लगानी साढे ३ अर्ब खुम्चियो, सेयरबजारमा कति ?

एक वर्षमा पुनर्बीमा कम्पनीको लगानी साढे ३ अर्ब खुम्चियो, सेयरबजारमा कति ?
Shivam Cement

काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुको लगानी खुम्चिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा कुल ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् ।  

तर यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ८.७५ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा  ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका थिए । यस हिसाबमा पुनर्बीमा कम्पनीहरुको लगानी एक वर्षमा साढे ३ अर्ब खुम्चिन पुगेको छ ।  

दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स दुबैको लगानी विस्तारमा संकुचन देखिएको छ । नेपाल रि को लगानी गत आवको तुलनामा १३.३९ प्रतिशतले घटेको छ भने हिमालयन रि को लगानी ३.७५ प्रतिशतले खुम्चिएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवधिसम्म नेपाल रि ले विभिन्न क्षेत्रमा १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन रि इन्स्योरेन्सले १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको सोही अवधिसम्म नेपाल रि को लगानी रकम २१ अर्ब १० करोड रुपैयाँ थियो भने हिमालयन रि को १९ अर्ब ५२ करोड रुपैयाँ थियो ।  

जेनजी आन्दोलनका कारण ठूलो क्षति पुगेका कारण बीमा कम्पनीहरुमा ठूलो बीमा दाबी परेका कारण विशेषगरी नेपाल रि इन्स्योरेन्सको लगानीमा प्रभाव परेको देखिन्छ । नेपाल रि इन्स्योरेन्सले बीमा कम्पनीहरुलाई ठूलो बीमा दाबीको दायित्व भुक्तानी गर्नुपर्ने हुँदा लगानी रकम खुम्चिन पुगेको हो ।  

दाबी भुक्तानी बढ्दै जानु, बजारमा गिरावट देखिनु र बैंकहरुको ब्याजदर परिवर्तन वा ब्याजदर घट्नुले पुनर्बीमा कम्पनीहरुको लगानी रकम घट्दै गएको बुझ्न सकिन्छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

क्षेत्रअनुसार हेर्दा नेपाल रि इन्स्योरेन्सले अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर, म्युचुअल फण्ड र अन्य संस्थापक सेयरमा लगानी बढाएको छ भने मुद्दती निक्षेपमा गरेको लगानी घटाएको छ ।  

यता हिमालयन रि इन्स्योरेन्सले भने मुद्दती निक्षेप, अग्राधिकार सेयर, अन्य संस्थापक सेयर र अन्य लगानी घटाएको छ भने सेयरबजारमा गरेको लगानी, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट कम्पनीको सेयरमा गरेको लगानी उल्लेख्य बढाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.