काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि डलरको यही सटही दर कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १७१.३० रुपैयाँ र बिक्रीदर १७२.०१ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.४७ रुपैयाँ र बिक्रीदर १९७.२९ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.४० रुपैयाँ र बिक्रीदर १०२.८२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४२ रुपैयाँ र बिक्रीदर ९.४६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.४२ रुपैयाँ र बिक्रीदर ३९.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.९६ रुपैयाँ र बिक्रीदर २१.०४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.६१ रुपैयाँ र बिक्रीदर ३९.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.२२ रुपैयाँ र बिक्रीदर ४७६.१९ रुपैयाँ कायम भएको छ ।

