काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७०.९२ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.७४ रुपैयाँ र बिक्रीदर १९६.५४ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.४५ रुपैयाँ र बिक्रीदर १०२.८७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५५ रुपैयाँ र बिक्रीदर ३९.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.०३ रुपैयाँ र बिक्रीदर २१.१२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.८८ रुपैयाँ र बिक्रीदर ४०.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७५.६३ रुपैयाँ र बिक्रीदर ४७७.५९ रुपैयाँ कायम भएको छ ।

