मंगलवार, श्रावण ५,२०८३ 10:55:46
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:55:46
Bizshala
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकले गर्यो दुई मनि चेञ्जरको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले गर्यो दुई मनि चेञ्जरको लाइसेन्स खारेज
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयले निर्धारित समयभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई मनि चेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ। समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा नगरेपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरिएको हो।

इजाजतपत्र रद्द गरिएका कम्पनीहरूमा अमृत लक्ष्मी मनि चेन्जर प्रा. लि. र सुपर फाइन मनि चेन्जर प्रा. लि. रहेका छन्। यी दुवै कम्पनी विराटनगर महानगरपालिका–१५, मोरङ क्षेत्रमा सञ्चालनमा थिए।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त मनि चेञ्जर संस्थाहरूले अनुमति अवधि समाप्त भएपछि तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था स्पष्ट रहेको जनाएको छ। सम्बन्धित कम्पनीहरूले उक्त प्रक्रिया पूरा नगरेकाले उनीहरूको अनुमति रद्द गरिएको हो।

नेपाल राष्ट्र बैंक ले जारी गरेको “मनि चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)” को विनियम १९ को उपविनियम (३) अनुसार म्याद सकिएको मितिबाट तीन महिनाभित्र लाइसेन्स नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। यही प्रावधानअनुसार समयमै नवीकरण नभएकाले लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.