मंगलवार, श्रावण ५,२०८३ 10:55:42
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:55:42
Bizshala
Global IME Bank Limited

लामो प्रतीक्षा अन्त्य हुने संकेतः डेपुटी गभर्नरमा आजै नियुक्तिको सम्भावना

लामो प्रतीक्षा अन्त्य हुने संकेतः डेपुटी गभर्नरमा आजै नियुक्तिको सम्भावना
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद लामो समयदेखि खाली रहँदै आएकोमा आजै नियुक्ति हुने सम्भावना बढेको छ। अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकका १८ कार्यकारी निर्देशकमध्येबाट दुई जनालाई छनोट गर्ने तयारी भइरहेको स्रोतहरूको दाबी छ।

यसपटकको नियुक्ति भने विगतको जस्तो केवल वरियतामा आधारित नहुने, कार्यक्षमता, नतिजा र प्रतिस्पर्धात्मक योग्यतालाई प्राथमिकता दिइने संकेत देखिएको छ।

करिब एक महिनादेखि रिक्त रहेका यी पदहरूमा नियुक्ति प्रक्रिया नयाँ सरकारको आर्थिक सुशासन र संस्थागत सुधारको एजेन्डासँग जोडिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मेरिटमा आधारित छनोट’ लाई स्पष्ट रूपमा अघि बढाउँदै गभर्नर विश्वनाथ पौडेललाई योग्यताका आधारमा मात्र नाम सिफारिस गर्न निर्देशन दिएको बुझिएको छ। 

विद्यमान कानुनी व्यवस्थाअनुसार गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने र त्यही सूचीबाट दुई जनालाई अन्तिम रूपमा नियुक्त गर्ने प्रावधान छ।

आन्तरिक मूल्यांकनमा लिखित परीक्षाको नतिजा र कार्यसम्पादनलाई मुख्य आधार बनाइएको बताइन्छ। यही मापदण्डअनुसार नियामक विभाग प्रमुख रामु पौडेल अगाडि देखिएका छन्। उनले दुवै तहका लिखित परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना, निश्चल अधिकारी र अनुज दाहाल पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट अघि बढेका कारण सम्भावित दाबेदारको सूचीमा छन्।

बैंक सुपरिवेक्षण विभागका दीर्घबहादुर रावलसहित कार्यसम्पादनमा राम्रो छवि बनाएका अन्य अधिकारीहरू पनि अन्तिम दौडमा देखिएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.