Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 11:53:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

Laxmi Sunrise Bank Limited
मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने
Shivam Cement

काठमाण्डौ । नेपालको सूचना प्रविधिर मोबाइल व्यवसायक्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (NMDA) बीच नेपालमा मोबाइल उद्योगको विकासर विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ । क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आइतबार दुवै संस्थाको उच्च नेतृत्व तहबीच एक महत्वपूर्ण ‘संस्थागत गठबन्धन छलफल’ (Institutional Alliance Discussion Meeting) सम्पन्न भएको हो । 

Bizshala
New Office
CG Motors

मोबाइल इकोसिस्टमको सुधार र नीतिगत पैरवीबैठकमाविशेषगरी नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको थियो । क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (NMDA) का अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा यो सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शीर व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । बैठकमा मुख्य रूपमा प्रस्तुत गरिएका एजेन्डाहरूः

 १. संस्थागत परिचय र दुवै कार्य समितिबीच कार्यदिशा संरेखण 

 २. साझा चुनौतीहरूःनीतिगत पैरवी, ग्रे मार्केटसमस्या र मोबाइलइको सिस्टम नियमन।

 ३. भावी कार्यदिशाःसंयुक्त सहकार्यका लागि दीर्घकालीन रोडम्याप तयार गर्ने।

Garima Development Bank
Shivam Cement
Bizshala

ग्रे मार्केट’ विरुद्ध बलियो ऐक्यबद्धता क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले मोबाइल तथा प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यसभित्रका बेथिति अन्त्य गर्न दुवै संस्थाको सहकार्य अपरिहार्य रहेको बताए । अवैध आयातले राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू मर्कामा परेको हुँदायस विरुद्ध संयुक्त पैरवी गरिने उनको भनाइ थियो । 

त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयनर व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको यो गठबन्धनले ठूलो ऊर्जा दिएको उल्लेख गरे । उच्च नेतृत्वको उपस्थितियस महत्वपूर्ण बैठकमा दुवै संस्थाका तर्फबाट शीर्ष नेतृत्वको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी, महासचिव, कोषाध्यक्ष तथा १५ औँ कार्यसमितिका सदस्यहरू तथा नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन -NMDA_अध्यक्ष रघु त्रिपाठी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको उपस्थिती रहेको थियो। 

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.