शुक्रबार, श्रावण ८,२०८३ 04:23:12
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:23:12
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभाको बैठक शुरु, प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको विरोध

प्रतिनिधिसभाको बैठक शुरु, प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको विरोध
New Office

काठमाण्डौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक शुरु भएको छ ।  

तर, बैठक शुरु हुनासाथ विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन् ।

प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा बोल्दै “भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।  

उक्त भनाइलाई लिएर विपक्षी दलहरूले गम्भीर आपत्ति जनाउँदै आएका छन् ।

सोमबारको बैठक शुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका हुन् ।  

उनीहरूले प्रधानमन्त्रीको भनाइ नेपालको राष्ट्रिय अडान, सार्वभौमिकता र सीमा सम्बन्धी स्थापित मान्यताविपरीत रहेको जिकिर गरेका छन् ।

 

यता सभामुखले विपक्षी सांसदहरूलाई आफ्नो धारणा राख्ने अवसर दिने तथा सदनको नियमित कार्यसूची अघि बढाउने प्रयास गरिरहेका छन् ।  

तर, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सरकार र विपक्षीबीच देखिएको मतभेद तत्काल समाधान हुने संकेत भने देखिएको छैन ।

संसद् भवन परिसरमा समेत सत्तापक्ष र विपक्षी दलका नेताहरूबीच परामर्श जारी रहेकाले आजको बैठकको कार्यसूची सहज रूपमा अघि बढ्ने वा पुनः अवरोधको अवस्था सिर्जना हुने भन्ने चासो बढेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.