शुक्रबार, श्रावण ८,२०८३ 02:37:40
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:37:40
Bizshala
Global IME Bank Limited

राष्ट्रियसभा बैठक बस्दै, आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि छलफल हुने

राष्ट्रियसभा बैठक बस्दै, आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि छलफल हुने
New Office

काठमाण्डौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।  

मध्यान्ह १२्:१५ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि प्रारम्भिक छलफल शुरु हुने भएको छ।

बैठकको शुरुवातमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउने कार्यक्रम रहेको छ।  

त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारद्वारा प्रस्तुत राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन्।

सो प्रस्तावमाथि सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनका विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ।

 

यसैबीच, प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।  

उक्त विधेयकले विकास परियोजनाका लागि वैकल्पिक वित्तीय स्रोत परिचालनको कानुनी आधार तयार गर्ने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.