शुक्रबार, श्रावण ८,२०८३ 09:42:34
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:42:34
Bizshala
Global IME Bank Limited

नेपाल उबरको ११औँ एसिया–प्रशान्त बजार, दक्षिण एसियामा पहिलो नयाँ प्रवेश

नेपाल उबरको ११औँ एसिया–प्रशान्त बजार, दक्षिण एसियामा पहिलो नयाँ प्रवेश
New Office

काठमाण्डौं । विश्वप्रसिद्ध राइड–हेलिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सञ्चालन शुरु गरेको छ।

कम्पनीले शुक्रबारदेखि नेपालमा सेवा प्रारम्भ भएको घोषणा गर्दै देशलाई आफ्नो वैश्विक नेटवर्कमा समावेश गरेको हो।

उबरको प्रवेशसँगै नेपाल एसिया–प्रशान्त क्षेत्रभित्र कम्पनीको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो करिब एक दशकयता उबरले प्रवेश गरेको पहिलो नयाँ गन्तव्य पनि बनेको छ।  

यसलाई नेपालको डिजिटल यातायात क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपालमा उबरले चारपाङ्ग्रे सवारीका लागि ‘उबर गो’ र ‘उबर कम्फर्ट’ सेवा तथा दुईपाङ्ग्रे सवारीका लागि ‘बाइक’ सेवा सञ्चालन गरेको छ।  

कम्पनीका अनुसार यी सेवाले यात्रुहरूलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री यातायात विकल्प प्रदान गर्नेछ।

उबर ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय प्लेटफर्म हो।  

नेपाललाई आफ्नो नेटवर्कमा समेट्दै कम्पनीले स्थानीय प्रयोगकर्ता तथा अन्तर्राष्ट्रिय पर्यटक दुवैलाई एउटै एपमार्फत सहज यात्रा अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

उबर एपीएसी क्षेत्रीय महाप्रबन्धक (राइड्स) डोमिनिक टाइलरले नेपाललाई तीव्र शहरीकरण, बढ्दो डिजिटल पहुँच र विस्तार हुँदै गएको पर्यटन क्षेत्रका कारण रणनीतिक बजारका रूपमा लिइएको बताएका छन्। 

उनले स्थानीय अर्थतन्त्र र पर्यटनसँग सहकार्य गर्दै सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

विश्लेषकहरूका अनुसार स्मार्टफोन प्रयोगको वृद्धि, शहरी यातायातको माग र पर्यटन आगमनमा भइरहेको विस्तारले नेपालमा राइड–हेलिङ सेवाको सम्भावना उच्च बनाएको छ।  

उबरले पनि दीर्घकालीन रूपमा नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना अघि सारेको छ।

कम्पनी नेपालमा २०७४ साउन १ गते नै दर्ता भएपनि औपचारिक सेवा सञ्चालन भने हालै सुरु गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.