शुक्रबार, श्रावण ८,२०८३ 11:58:09
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:58:09
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट
New Office

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वैशाख १३ गते डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० % छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरीङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरुमार्फत नगद कारोवार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.