काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक इन अवधि साउन ३० गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा ३ करोड ६३ लाख ७७ हजार ६ सय कित्ता संस्थापक सेयर र ७ लाख ७९ हजार ५२० कित्ता कर्मचारीहरुका लागि बाँडफाँड गरिएको सेयर रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

