काठमाण्डौ । डिजिटल कारोबारको जोखिमलाई सम्बोधन गर्न ई–सेवाले नयाँ सेवाको विस्तार गरेको छ। ई–सेवाले ग्राहकहरुको सजिलोको लागि एस्क्रो सुविधा प्रयोगमा ल्याएको हो । जसले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्छ।
के हो एस्क्रो सुविधा ?
एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ।यसले खरिदकर्ता र बिक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेट फर्म प्रदान गरेर, एस्क्रो सुविधाले सम्भावित जोखिमहरूलाई कम गर्छ र डिजिटल लेनदेनको लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।
एस्क्रो सुविधाले ई–सेवा प्रयोगकर्ताहरूलाई अर्को ई–सेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ। कुनैपनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको र कम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ।प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको र कम प्राप्त कर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्डमनी भन्ने फिचरको प्रयोग गर्न सक्छन्।
उदाहरणको लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ।त्यसको लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले ती स्टोरलाई विश्वास गर्नसक्नुभएको छैन।यस्तोमा तपाईंले त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाउनु भएपनि पूर्णरूपमा रकम उनीहरूले पाएका हुँदैनन्। तपाईंले पठाउनुभएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाइसक्नु भएपछि बल्ल सो रकम जारी (रिलिज) गर्न सक्नुहुन्छ।
अहिले अनलाइन सपिङलगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवित्ति बढेको छ।यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुने कम्पनीले जनाएको छ ।
एस्क्रो सुविधा कहाँ उपलब्ध छ ?
एस्क्रो सुविधा ई–सेवाको ‘सेन्डमनी’ भन्ने विकल्पमा नै उपलब्ध छ।यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ।अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सेवामार्फत गर्न सकिन्छ।
एस्क्रो सुविधाको प्रयोग गर्न यी प्रक्रिया अपनाउनुहोस् ?
१. ई–सेवाको एपमार्फत आफ्नो खाता लग–इन गर्नुहोस्।
२. होमस्क्रिनमै देखिने ‘सेन्डमनी’ विकल्प रोज्नुहोस्।
३. प्राप्तकर्ताको विवरणर पठाउने रकम भर्नुहोस्।
४. सोही पृष्ठमा देखिने एस्क्रोसेवा अन गर्नुहोस्।
यसो गरेपछि सेवाबापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउँछ। त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुहोस्।
५. आवश्यकताअनुसार थप विवरणहरू भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्नुहोस्।
यदी तपाईंले ई–सेवामार्फत पहिलोपटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सेवा प्रयोगन गर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई एस्क्रो सेवा प्रयोग गर्न सूचित गरिन्छ।
६. ‘कन्फर्म’ बटन रोज्नुहोस्।
एस्क्रो सुविधा प्रयोग गर्न मान्य हुनु भएपछित पाईंलाई सेवाको प्रयोगमा लागूहुने सम्बन्धित शुल्कहरूको साथ पुष्टिकरण पृष्ठ देखाइन्छ।
लेनदेनको लागि गर्नुपर्न आवश्यक प्रक्रिया सकेपछि, यो ‘पेन्डिङ’ स्थितिमा रहन्छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                