आईतवार, बैशाख १४,२०८२ 03:11:14
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 03:11:14
IME remit
Global IME Bank Limited

भारतीय बैंकहरुमा ठूलो साइबर आक्रमण, ३०० बैंकको भुक्तानी अस्थायी रुपमा बन्द

Hyundai Nepal
भारतीय बैंकहरुमा ठूलो साइबर आक्रमण, ३०० बैंकको भुक्तानी अस्थायी रुपमा बन्द
Nabil Bank Limited

काठमाण्डौ । भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ ।  

देशका ठूला भुक्तानी सञ्जालबाट करिब ३ सय साना बैंकलाई सोही आक्रमणका कारण अलग बनाइएको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यी बैंकहरूलाई प्रविधि सेवा प्रदान गर्ने कम्पनीमा यो साइबर हमला भएको हो । जसका कारण यी बैंकहरुको भुक्तानी प्रणाली अस्थायी रुपमा बन्द भएको छ । यो जानकारी घटनासँग प्रत्यक्ष सम्बन्धित दुई स्रोतले रोयटर्सलाई दिएको हो।

यो साइबर हमला ‘सीएज टेक्नोलोजी’ नामक कम्पनीमा भएको हो । कम्पनीले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउँछ। रोयटर्सले इमेल मार्फत सीएज टेक्नोलोजीबाट प्रतिक्रिया मागेको थियो, तर कम्पनीले जवाफ दिएन। भारतीय रिजर्व बैंक (आरबीआई)ले पनि रोयटर्सको इमेलको जवाफ नदिएको समाचार रिपोर्टमा उल्लेख छ।

नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया(एनपीसीआई) भुक्तानी प्रणालीको निरीक्षण गर्ने निकाय हो। एनपीसीआईले बुधबार राति एक सार्वजनिक सूचना जारी गर्दै एनपीसीआईद्वारा सञ्चालित खुद्रा भुक्तानी प्रणालीबाट सी इज टेक्नोलोजिजलाई अस्थायी रूपमा हटाएको जनाएको छ।

'सीएजले सेवा प्रदान गर्ने बैंकका ग्राहकहरूले यस आइसोलेसन अवधिमा भुक्तानी प्रणालीहरू प्रयोग गर्न सक्ने छैनन्,-एनपीसीआईले भनेको छ ।  

लगभग ३०० साना बैंकहरू देशको फराकिलो भुक्तानी नेटवर्कबाट काटिएका छन्, एक नियामक प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ ।  

साइबर आक्रमणको प्रभाव थप नफैलियोस् भनेर यो कदम चालिएको हो । 'यीमध्ये धेरैजसो साना बैंकहरू छन् र देशको भुक्तानी प्रणाली भोल्युमको करिब ०.५ प्रतिशत मात्र प्रभावित हुनेछन्'-स्रोतले भन्यो।

भारतमा लगभग १५०० सहकारी र क्षेत्रीय बैंकहरू छन्, जुन प्रायः ठूला सहरहरू बाहिर सञ्चालन हुन्छन्। स्रोतहरूले रोयटर्सलाई भने कि यी मध्ये केही बैंकहरू प्रभावित थिए। आक्रमण थप नफैलियोस् भनेर एनपीसीआईले लेखापरीक्षण गरिरहेको दोस्रो स्रोतले बताएको छ ।

बैंकिङ उद्योग स्रोतहरूले भने कि आरबीआई र भारतीय साइबर अधिकारीहरूले भारतीय बैंकहरूलाई विगत केही हप्ताहरूमा सम्भावित साइबर आक्रमणहरूको बारेमा चेतावनी दिएका थिए।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.