शनिबार, असार २१,२०८२ 02:47:04
  • शनिबार, असार २१,२०८२ 02:47:04
Global IME Bank Limited

काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया

Hyundai Nepal
काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया
Nabil Bank Limited

काठमाण्डौ । थाइ एयर एशियाले काठमाण्डौ –बैंकक उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म काठमाण्डौबाट र कात्तिक तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।  

कम्पनीले भदौ ३१ बाट उडान गर्ने गरी टिकट बिक्री समेत सुरु गरिसकेको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले विसं २०६९ बाट क्वालालाम्पुर–काठमाण्डौ व्यावसायिक उडान सुरु गरेको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ, पार्किङ, नेभिगेसनलगायत सेवाको बक्यौता नतिरेपछि कम्पनीको हवाई सेवा ५ वर्षअघि बन्द भएको थियो ।

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी बक्यौता गत फेब्रुअरीदेखि भुक्तानी गरिरहेको छ । कम्पनीले मासिक १ करोड २५ लाख रुपैयाँका दरले विमानस्थललाई भुक्तानी गरिरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.