शनिबार, असार २१,२०८२ 02:21:59
  • शनिबार, असार २१,२०८२ 02:21:59
Global IME Bank Limited

चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

Hyundai Nepal
चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
Nabil Bank Limited

काठमाण्डौ । चाडपर्वलक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।  

सरकारले असोज ७ गतेदेखि फागु पूर्णिमासम्मै छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सरकारले चाडपर्वमा बढी प्रयोग हुने खाद्यान्न सामाग्रीहरु चामल, दाल, तेल, सिमी, गेडागुडी र घिउ र खसीबोका र च्याङ्ग्राहरु समेत बिक्री गर्दै आइरहेको छ ।  

कम्पनीका अनुसार यसवर्षको सहुलियत पसलमा खाद्यान्न परिकारमा प्रतिकेजी ७ रुपैयाँसम्म, खसीबोकामा प्रतिकेजी १० रुपैयाँसम्म र दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट दिनेछ ।  

सहुलियत पसलमा ग्राहकहरुले सबै प्रकारका चामलमा प्रतिकेजी ५ रुपैयाँ र कर्णालीको रैथाने चामलमा भने ७ रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रति केजी ७ रुपैयाँ, गेडागुडीमा प्रतिकेजी ७ रुपैयाँ, घिउमा प्रतिकेजी ७ रुपैयाँ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।  

साथै यसपटकको दशैंमा कम्पनीले १५ सय खसीबोका, ३०० वटा च्याङ्ग्रा  र ५० क्विन्टल खाद्यान्न सामाग्री बिक्रीमा राख्ने जनाएको छ । कम्पनीका अनुसार सहुलियत पसल देशका विभिन्न ६१ वटा स्थानमा सञ्चालनमा आउनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.