आईतवार, जेष्ठ ३,२०८३ 09:20:42
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:20:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ बैंकले प्रवद्र्धन गरेको पहिलो म्युचुअल फण्ड आउने, धितोपत्र बोर्डबाट आईपीओ निश्कासनको स्वीकृति
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ ।  

मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो । 

Bizshala
New Office
CG Motors

मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नका लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रवद्र्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।  

नेपाल धितोपत्र बोर्डबाट २०८१ कात्तिक ७ गते प्रतिइकाई अंकित मूल्य रु.१० दरको १० करोड इकाईले हुनआउने कुल रु.१ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति दिइएको हो ।  

कुल योजनाको आकारमध्ये रु.१५ करोड रकमबराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछ भने बाँकी रहेको रु.८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाई मात्र सार्वजनिक निष्काशन हुने बताइएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

दश वर्षे अवधिको यो बन्दमुखी योजना हो । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप,नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ।  

योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामूहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले योजना संचालन गर्न लागिएको हो ।  

मुक्तिनाथ क्यापिटलकाअनुसार बाँकी प्रक्रिया पूरा गरी आउँदो मंसिरभित्र इकाईहरु निश्कासन गर्ने तयारी गरिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.